Breaking News

केही खुकुलो सहित निषेधाज्ञा थप एक हप्ता बढाउने तयारी

१६ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकाकामा कोरोना भाइरसको संक्रमिण बढ्न थाले पनि उपत्यकामा भाद्र ३ गते रातिदेखि १० गते राती सम्म र पुन थप एक हप्ता भाद्र १७ गते सम्म तोकिएको निषेधाज्ञाका बिचमा समेत कोरोना संक्रमिण घट्नुको सट्टा बढ्दो क्रम भएसँगै आजै बसेको तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले यही १७ गतेसम्मका लागि तोकिएको निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् ।

तर अब तोकिने निषेधाज्ञामा अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिने बताइएको छ । त्यसको मोडलिटीबारे आज मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा छलफल भएको बुझिएको छ ।

आजको भर्चुअल बैठकको केही सम्भावनाबारे छलफल भएको छ, जानकारी दिने क्रममा ललितपुरका सीडीओ नारायणप्रसाद भट्टले मोडालिटी तय गरेर गृह मन्त्रालयमा पेश गर्ने निर्णय भएको बताएका छन् । उनका अनुसार हालसम्म भएको छलफलअनुसार आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिनेछ । ‘निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई पनि सहजीकरण गर्ने छ । तर, यसबारे अन्तिम निर्णय भने बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि एकिन हुने उनले बताए ।