देशभरमा १०६९ जना कोरोना संक्रमिण हुँदा काठमाण्डौं उपत्यकामा ४८१ जना संक्रमण भएको पुष्टि

१६ भाद्र, काठमाडौं । आज देशभरमा १०६९ जनामा कोरोना संक्रमण भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

मन्त्रालयका अनुसार आजै कोरोना संक्रमणबाट ७६८ जना निको भएर डिस्चार्ज भएका छन् । आजसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको बताइएको छ ।

त्यस्तै आजै काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेको मन्त्रालयले बताएको छ ।