उपत्यकामा लगाईएको निषेधाज्ञा बारे तीन सिडियोको भर्चुअल बैठक बस्दै

१६ भाद्र, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञाबारे निर्णयबारे काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक बस्दैछ ।

उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने–नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा छलफल काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । जारी निषेधाज्ञाको समय भाद्र १७ गते बुधबार राति १२ बजे
सकिँदैछ ।

आजै तीन जिल्लाका प्रजिअको राय मंगलबार नै गृह मन्त्रालयमा पठाइने छ ।

‘गृहको सुझावपछि हामी भोलि पुनः बैठक बसेर निषेधाज्ञाबारे निर्णयमा पुग्छौं,’ जनकराज दाहालले बताएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा पनि संक्रमितको घट्नुको सट्टा बढ्ने क्रम जारी नै छ ।