केन्द्रीय कारागारका तीन जना कैदीको कोरोना संक्रमणबाट मृत्यु

१६ भाद्र, काठमाडौं । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बाट मर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । काठमाण्डौको केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनामा कोरोना पुष्टि भएको कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताएका छन् ।

जेलर सापकोटाका अनुसार कञ्चनपुर घर भएका ४० वर्षीय ती पुरुषको उपचारको क्रममा सोमबार साँझ मेगा अस्पतालमा मृत्यु भएको हो ।

अन्य दुई जनाको वीर अस्पतालमा उपचारको मृत्यु भएको हो । बझाङ घर भएका पुरुषको ५ भदौमा भएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

त्यस्तै मंगलबार बिहान सिराहा घर भएका एक पुरुषको पनि मृत्यु भएको जेलर सापकोटाले बताए । मृतकको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।

जेलर सापकोटाका अनुसार हालसम्म केन्द्रीय कारागारका ५२ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कारागारको सुरक्षामा कार्यरत ५६ सुरक्षाकर्मीमा पनि संक्रमण भएको बताइएको छ ।