Breaking News

‘जातिय–क्षेत्रिय–लैंगिक मुक्तिको प्रश्नः वर्गिय आन्दोलनबाट मात्र सम्भव छ’

१५ भदौ, काठमाण्डौ । धार्मिक र जातिय द्वन्दबारे आआफ्नो तरीकाले बिश्लेशण धेरैले उहिलेदेखि गर्दै आएका छन् । तर सहि बिश्लेषणको अभावमा हामी भित्र अन्योलता बढेको छ । यसलाइ बुझ्ने प्रयत्न गर्नु आवश्यक छ । यो सत्य हो कि धर्म र जातिको निर्माण मानिसहरुले समाज ब्यवस्थापन गर्ने हेतुले तर अवैज्ञानिक तवरले गरे । तर अहिले हाम्रो समाज त्यहि सामाजिक ब्यवस्थामा रुमलि रहेको अवस्था छ । त्यसबाट भाग्ने कुनै सम्भावना नै छैन। धर्म र जातिका मान्छेहरु बिद्रोह किन गर्छन ? यसको सामान्य उत्तर जब उनको आस्थामाथि बिभेद गरिन्छ तब बिद्रोहको बाटो अवलम्बन गर्न विवस हुन्छन। तर यस विवसतामा रहेको आक्रोसलाई अहिलेसम्म दलाल नोकरशाह, पुँजिवादी, साम्राज्यवादीहरुले प्रयोग गर्दै आएको इतिहास साक्षी छ।
त्यसको अर्थ बिद्रोह गर्नु हुन्न भन्ने होइन, गर्नै पर्दछ । सचेत कहाँ हुने हो भने त्यो आक्रोसलाइ वर्गिय मुक्ति आन्दोलनसंग जोड्न कोशिस भएको छ कि छैन भन्नेमा । यदि भएको छैन भने सम्बन्धित समाज जानेर होस या न जानेर अप्रत्यक्ष रुपमा पुर्न शासकहरुको सेवामा अर्थात वर्ग बिरोधिहरुको मदत गर्न पुग्छ । सहि अर्थमा भन्नुपर्दा मुक्ति आन्दोलनलाई त्यसले असम्भव बनाउने काम नै गर्छ । र त्यो मुलतः वर्गिय मुक्ति आन्दोलनकै महत्वपूर्ण स्वरुपबाट अघि बढ्नुपर्छ ।

वर्गिय मुक्ति आन्दोलन भनेको हरेक आस्थालाई उचित समायोजन भन्ने बुझ्नु पर्दछ। अनि साथ र सहकार्य गर्नु पर्दछ। तर जब वर्गिय मुक्ति आन्दोलन कमजोर हुन्छ तब जाति मुक्तिको कुरामा कम्युनिष्टहरुलाई पनि लाग्नै पर्दछ । सहयोग र सहकार्यलाई निरन्तरता दिरहनु पर्दछ । तर सुन्दर समाज निर्माणको सपनालाई कहिल्यै भुल्नु हुँदैन । यता गोर्खा अन्ध राष्ट्रवाद र नेपाली भुमि बिदेशीबाट मुक्त गराउने समयको मागलाई पनि ख्याल गर्नुपर्छ । र नेपाली जनतालाई राज्यसत्ताँको असलि मालिक बनाउने, उत्पिडित जातिय, क्षेत्रिय, लैगिक, वर्गिय विशेषतालाई राज्यसत्ताँमा पुर्याउन आवश्यक छ । राष्ट्रभक्तमाथि बिदेशीहरु र दलाल नोकरशाहीले अधिकार जमाएको पृष्ठभूमिमा राष्ट्र र नेपाली जनताको हितमा अब राष्ट्रिय मुक्ति आन्दोलन चलाउनु अनिवार्य
हुन्छ । त्यसको पहल गर्नु वस्तुसंगत र सबै समस्याको हल हो । यसरी नै जातिय मुक्ति आन्दोलनको सार्थकता झल्किन्छ ।

लेखक :  नेकपा माओवादी केन्द्रका सचिव हुन ।

लेखक : विनोद कुमार उपाध्याय