कतारमा श्रमिकको तलब बढ्यो तर काम परिवर्तन गर्न नपाउने

१५ भाद्र, कतार । कतारको सरकारले आइतबार आफ्नो श्रम नियम परिवर्तन गरेको घोषणा गरेको छ । जसमा श्रमिकको न्यूनतम तलब २५ प्रतिशत बढाउने निर्णय गरिएको छ ।

यससँगै कतारमा श्रमिकको न्यूनतम तलब एक हजार रियाल (२७५ डलर) पुगेको छ । साथै कामदारहरुले काम परिवर्तन गर्न रोजगार दाताबाट अनुमति लिनुपर्ने प्रावधान पनि हटाइएको छ ।

कामदारहरुले आफ्नो करार अवधि सकिएपछि अर्को काम गर्न पनि पाउनेछन् । रोजगारदाताको अनुमति लिनुपर्ने नियम तत्काल हटाइनेछ ।

सन् २०२२ को फिफा विश्व कप फुटबल आयोजनाको जिम्मा पाएसँगै कतारमा कामदारको मानव अधिकारको विषयमा विश्वको ध्यान कतारमा खिचिएको छ ।

कतार सरकारले अहिले घोषणा गरेको नियम सबै श्रमिकहरुलाई लागू हुनेछ । आफ्ना कामदारलाई तलब नदिने वा आवासको व्यवस्था नगर्ने कम्पनीले ठूलो सजायको सामना गर्नुपर्ने श्रम मन्त्रालयले बताएको छ ।

संयुक्त राष्ट्रसंघको श्रम नियोगले यो परिवर्तनको स्वागत गर्दै यसले कतारमा कामदारहरुलाई तप स्वतन्त्रता र सुरक्षा दिनुका साथै कामदारहरुलाई धेरै विकल्प पनि दिएको बताएको छ ।

एम्नेस्टि इन्टरनेशनलले कतारको यो कदम सही दिशामा कतारले चालेको निकै महत्वपूर्ण कदम भए पनि न्यूनतम तलब अझै पनि कम रहेको बताएको छ ।

स्रोत : द डेल्ली स्टार