Breaking News

कपिलवस्तुमा भाद्र २२ गतेसम्मलाई निषेधाज्ञा निरन्तरता थप

१५ भदौ, बुटवल । जिल्ला प्रशासनले कपिलवस्तुमा भदौ २२ गतेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ ।

कपिलवस्तु जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले यसअघि भदौ १५ गते रातिसम्म जारी गरिएको निषेधाज्ञालाई भदौ २२ गते राति १२ बजेसम्म निरन्तरता दिइएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आज दिउँसो निषेधाज्ञाबारे सार्वजनिक सूचना जारी गर्दै निषेधाज्ञा अवधिमा जिल्लाभर बजार, व्यवसाय, सार्वजनिक यातायात सेवा,उद्योग, होटेल, रेष्टुरेन्ट, खाजा घर आदि सञ्चालन गर्न नपाइने जनाएका छन् ।

यस्तै सरकारी कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यकीय बाहेकका सबै सेवाहरु पनि बन्द हुनेछन् ।

खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ८ बजेदेखि १० बजेसम्म समय तोकिएको छ भने उद्योग(कलकारखनाहरु र बैंक तथा वित्तीय संस्थाहरुको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।