आज देशभरमा १२२१ कोरोना भाइरसका संक्रमिण थपिए

१४ भदौ, काठमाडौं । गएको २४ घण्टामा नेपालमा १२२१ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् । आजै मात्र २६७ जना निको भएर डिस्चार्ज भएका छन् ।

आज कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४२९ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंका ३७२, भक्तपुरका ४५ र ललितपुरका १२ जना छन् ।

यस्तै चितवनका ९० जना, बाराका ८२, धनुषाका ७५, रुपन्देहीका ६१, मोरङका ४९, बझाङका ४७, पर्साका ४६, महोत्तरीका ३७, सर्लाहीका ३४, सुनसरीका ३३, सिराहाका २६, काभ्रे र कपिलवस्तुका २५–२५ जना, नवलपरासीका २१, बाँकेका १४, झापा र डोटीका ११–११ जना छन् ।

त्यस्तै मकवानपुरका ९ जना, पाल्पा र अछामका ८–८ जना, सप्तरी, गुल्मी, बर्दिया र कैलालीका ६–६ जना, सिन्धुली, कास्की, गोरखा, प्युठान र दाङका ५–५ जना, ओखलढुंगा र तनहुँका ४–४ जना, धादिङ, बाग्लुङ र अर्घाखाँचीका ३–३ जना, संखुवासभा, सिन्धुपाल्चोक, नवलपुर र दार्चुलाका २–२ जना तथा इलाम, पाँचथर, रामेछाप र कञ्चनपुरका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।