कोटेश्वर ट्राफिक प्रहरी प्रभावमा १९ जना प्रहरी कोरोना संक्रमिण

१३ भाद्र, काठमाडौैँ । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमिण बढ्ने क्रममा आज कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको
छ ।

प्रभागमा कार्यरत दुई जनालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब दिएका थिए । दुबैमा संक्रमण पुष्टि भएपछि कट्याक ट्रेसिङका क्रममा बिहीबार ३३ जनाको स्वाब संकलन गरिएको थियो ।

उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै प्रभागमा संक्रमित ट्राफिक प्रहरीको संख्या १९ पुगेको छ ।

हालसम्म उपत्यकामा मात्र ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएका छन् ।