नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाई

१३ भाद्र, काठमाडौैँ । कोरोना कहरकै बीचमा सम्पन्न भएको नेपाल आइडल सिजन–३ की विजेता ताज सज्जा चौलागाईंले जितेकी छन् । हिजो शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् ।

दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएको आयोजकले जनाएको छ । सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन् ।

त्यस्तै प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन् । उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन् ।

सेकेन्ड रनर अप भएका किरण कुमार भुजेलले ५ लाख रूपैयाँ पुरस्कार पाएका छन् ।