कोरोना संक्रमिणबाट आज १२ जनाको मृत्यु

१२ भदौ, काठमाडौं । आज कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मोरङमा २ जनाको मृत्यु भएको छ भने भक्तपर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिराहा, झापा, चितवन, जमजुङ र रुपन्देहीमा एकएक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृतकमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मोरङकी ५६ वर्षीया महिलाको मत्यु भएको छ । खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या लिएर कोशी अस्पताल पुगेकी उनलाई कोरोना संक्रमण भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो ।

बिराटनगर–१०, मोरङकी ६५ वर्षीया महिलाको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि उनी राति १० बजे अस्पताल भर्ना भएकी थिइन् । विहान स्वास्थ्य अवस्था गम्भीर भएपछि भेल्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको छ ।

भक्तपुरकी ६४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हेटौंडा–१९, मकवापुरकी ७१ वर्षीया कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । दम र निमोनियाकी विरामी उनलाई ७ भदौमा अस्पताल भर्ना गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
९ भदौमा त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएका उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

धोविनी–३ पर्साको ७२ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको छ । भदौ ८ मा भर्ना भएका उनलाई निमोनिया समेत भएको थियो ।

प्रादेशिक अस्पताल, जनकपुरधाममा बुधबार मृत्यु भएका धनुषाको मुपखयापट्टी मुसहरनिया–४ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुखीपुर–८ सिराहाका ६५ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको छ । ज्वरो र रुघाखोकी लागेर ६ भदौमा अस्पताल पुगेका उनलाई संक्रमण भएको ८ गते पुष्टि भएको थियो ।

दमक–३ झापाका ८३ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । ३ भदौमा संक्रमण पुष्टि भएपछि उनलाई बी एण्ड सी शिक्षण अस्पताल, बिर्तामोडले धरानमा रिफर गरेको थियो ।

भरतपुर–२, चितवनका ५१ वर्षीय पुरुषको पुष्पाञ्जली अस्पतालमा मृत्यु भएको छ । ८ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी दमका बिरामी थिए ।

मध्यनेपाल–७, लमजुङ का ५२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि आइसोलेसनमा लैजानै क्रमममा गेटमै ढेलका उनको केही घण्टापछि मृत्यु भएको थियो । (पोखरामा आफन्त कहाँ बसेकाले स्वास्थ्य मन्त्रालयले उनको ठेगाना कास्की भनेको छ ।)

तिलोत्तमा–४, रुपन्देहीका ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पताल, बुटवलमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ७ भदौमा अस्पताल भर्ना भएका उनको पछिल्लो समय भेन्टिलेटरमा उपचार भइरहेको थियो ।