रक्षा मन्त्री र गृह मन्त्री होम आइसोलेसनमा, भोलि बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

१२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई संक्रमण भएकाले दुबै मन्त्री आइसोलेसनमा बसेका हुन् ।

आजै थाहा भएकाले होम आइसोलेसनमा बस्नुभएको छ । अब पिसिआर परिक्षण पनि हुन्छ होला ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा बसेसँगै नेकपा सचिवालय बैठक पनि सरेको छ ।

भदौ १३ गतेका लागि तय भएको बैठक पोखरेल र थापाकै कारण १८ गते बस्ने भएको छ ।