आजको माग कृषि अपरिहार्य

१२ भाद्र, काठमाण्डौ । नेपाल कृषि प्रधान देश हो । यहाँ का धेरै मान्छेहरु कृषिमा आधारित छन् । नेपालको तराइलाई अन्नको भंडार भनिन्छ । पहाडमा पनि धेरै मान्छेहरु कृषीमा अधारित छन् । यसो हेर्दा नेपालमा कृषि योग्य समाग्रीहरु त्यति धेरै पर्याप्त छैन । तैपनि पहाडी इलाका र तराई मा मानिसहरु कृषिमा भर पर्दछन । पहाडमा केही औजार नै पाइदैन । प्राबिधिक बिकासको कमिले गर्दा नेपालमा काम गर्न गार्हो छ । रासयनिक मलले गर्दा उब्जाऊ चाहिँ त्यति अर्गानिक हुँदैन । मानिसहरु त्यति बलिया हुदैनन् । छिटो रोग ले आक्रमक हुन्छन । यहि कारण ले गर्दा नेपाल पछि परिरहेको छ ।

नेपाललाई आत्मनिर्भर बनाउन सबै बाँझो जमिनलाई उत्पादनशिल बनाउनुपर्छ । हरेक जमिन पर्योग गरे मात्र हामीलाई पुग्छ, नत्र बिदेशको भर पर्नुपर्छ । कृषिलाई सरकारले राम्रोसँग मूल्याकंन गरेको छैन । जनतालाई बेवास्ता गर्दा राज्यमा बेरोजगारी बढेको छ, फलस्वरूप युवाहरु बिदेसिने भैरहेछ । यसरी युबाशक्ति बिदेसिदा
देशले घाटा सहनु परेको छ । अब हामी नेपालीले कृषिलाई अपरिहार्य बनाउनुपर्छ । नेपालीको समस्यालाई ध्यान दिई नेपाल सरकारले सहयोग गर्नु अत्याबश्यक देखिन्छ । नेपाल कृषि योग्य जमिन हो र यहाँ पानीको कमि छैन । सिन्चाइ गर्ने धेरै आधार हुदा पनि कृषि पर्याप्त मात्रमा उत्पादनशिल देखिदैन ।

मेरो विचारमा कृषि अपरिहार्य छ । यसको बारेमा भन्नुपर्दा स्कुल र क्याम्पसको पाठ्यसामग्रीमा बैज्ञानिक हिसाब र सहज तरिकाले पढाउनु पर्यो । मानिसहरु बिलासितामा बस्नु भन्दा सबै कुरामा सीप हुनुपर्छ । पढेपनी हामीले ब्यबहारिक सीप जानेको अति उत्तम हुन्छ । त्यसैले हामी सबै निपुण हौ ।