बाढीसहितको लेदो तरकारी फार्ममा पस्दा कृषकको लगानी बगरमा पणिनत

१२ भाद्र, काठमाण्डौ । हिजो दिउँसो करिब ४ बजेको समयमा आएको पानीसँगैको बाढीले चन्द्रागिरी नगरपालिका वडा नम्बर २ बाडभन्ञ्याङमा संचालित करिब ५० रोपनीमा लगाएको तरकारी खेती बाढीले डुवान गर्नुका साथै पुरेर सखाप पारेको छ ।

सुदूरपश्चिम प्रदेश बाजुरा र कर्णाली प्रदेश हुम्लाबाट काठमाण्डौं आएर कृषि खति गर्दै आएका करिब १५ जना कृषकले आयस्रोत गर्दै आएको तरकारी खेती गोलभेडा, मुला, साग, काउली, सिमी, फर्सी, करेला, बन्दा लगायतका तरकारी खेती र गाईवस्तु पालेर कृषी गर्दै आएका कृषकहरुको करिब एक करोड बराबरको तरकारी खेती, कृषि औजार र गाईलाई खुवाउने दाना केही बगाएर लगेको र केही लेदो माटोभित्र पुरिएको जानकारी कदर न्यूजलाई त्यहाँका कृषकले बताएका छन् ।

आज बिहान कदर न्यूज सो क्षेत्रमा स्थलगत रिर्पोट लिने क्रममा विकास केसी फार्म का संचालक बाजुरा जिल्ला हिमाली गाउँपालिका– ६ निवासी मानबहादुर सार्कीका अनुसार करिब ५ रोपनी जग्गामा खेती गरेको गोलभेडा, काउली, बन्दा, काँख्रा, भिन्डी, सिमी, साग, मूला, बोडी, फर्सी र कृषि औजार गरेर करिब १० लाख बराबरको क्षति भएको बताए । उनी अगाडी भन्छन, स्टोरमा राखेको पानी तान्ने मोटर, हजारी, पम्प लगायतका कृषि औजार समेत बगाएर लगेको दुखेसो पोखे । उनी थप्छन्, करिब आधा घन्टा मात्र आएको पानीसँगै आएको बाढीले तीन वर्षदेखि गर्दै आएको कृषि खेती क्षणभरमै बगरमा परिणनत गर्यो । यदि यो बाढी रातीको समयमा आएको भए यहाँ ठूलो मात्रामा धनजनको क्षति हुने थियो तर दिउँसो आएकाले हामीहरु भागेर बचेको बताए ।

त्यस्तै अर्का कृषक हुम्ला ताजाकोट–३ निवासी सन्तोष सुनारका अनुसार यो बाढी दिउँसो नभएर रातीको समयमा आएको भए सायत हामी कुनै पनि बाँकी रहने थिएनौ होला । भगवान भरोसा दिउसोको समयमा आएकाले सबैजना आ–आफ्ना नानीबच्चा काखमा च्यापेर भाग्न सफल भयौं । उनले अगाडी भने, आफुले करिब साढे २ रोपनी जग्गामा लगाएको तरकारी खेती नष्ट हुनुका साथै करिब ५ लाख बराबरको क्षती भएको र आएको बाढीसँगै लेदो घरभित्र पसेर जलमग्न हुँदा बस्नै नसक्ने भएकाले बस्ने बासको खाँचो भएको तितो अनुभव सुनाए ।

त्यस्तै बुढीनन्दा गाउँपालिका –१ निवासी कृषक गोरख भण्डारीका अनुसार भरखर रोपेको काउली र फलेर लटरम्म दाना लागेका गोलभेडाको टडेलमा पसेको लेदो सहितको बाढीले कुनै नाम निसान नराखेर नष्ट गर्नुका साथै पुरेको दुखेसो पोखे । उनी आफ्नो बाढीले पुरिएको टडेलो तर्फ देखाउँदै उनले भने, यो हेर्नुहोस् गोलभेडा र काउलीको कुनै नाम निसान छैन । त्यस्तै उनले आफुले पालेको गाई फार्मतिर लैजादै भने गाई मात्र बचाउन सकियो तर गाईलाई खुवाउने दाना भने बाढीले बगाएर लग्यो अझै १० मिनेट जति पानी आएको भए सायद गाई लाई पनि बाढी बगाएर लग्ने थियो । तर छोटै समयमा रोकियो पानी अनि सास फेर्न सकियो तर आफ्नो १० लाख बराबरको क्षति भएको बताए ।

त्यस्तै सोही ठाउँमै कुषि खेती गर्दै आएका बाजुरा बुढीनन्दा गाउँपालिका–४ निवासी अदानसिंह रोकायाका अनुसार हामी पश्चिमबाट आएर काठमाण्डौको चन्द्रागिरी नगर पालिका वडा नम्बर २ बाडभन्ज्याङमा तरकारी खेती गरेको तर यहाँको स्थानीय सरकारले फर्म दर्ता गराएर राजस्व मात्र लिएको र कृषिको नाममा कुनै पनि अनुदान प्राप्त नगरेको दुखेको पोखेका छन् । हामी बिदेशमा नगएर आफ्नै भूमिमा आम्दानी गरेर रोजीरोटी गरौकी भनेर कृषि खेतीतिर लागेको तर सरकारले वा स्थानीय सरकारले पहिला फर्म दर्ता गर अनि आम्दानी पाउछ भने पनि आज जति धाउदा पनि अनुदान नपाएको बताए । उनी आक्रोसमै अगाडी भन्छन्, के अनुदान पाउन हाम्रो दाइ भाइ मन्त्री, मेयर, वडाध्यक्ष र कुनै उच्च ओहोदामा हुनुपर्ने रहेछ । यदि त्यसो नहुँदो भने त्यति अनुरोध गर्दा पनि किन सुनुवाई भएन त ? जसको पहुँच छ उसलाई कुनै नियम नलागी कृषी अनुदान पाउने हामी जस्ता साधारण र गरिबहरुका लागि भने यो पुगेन, यो भएन भनेर नियम लगाउने यो कस्तो लोकतन्त्र हो ? यो कस्तो गणतन्त्र
हो ? भनेर उल्टै प्रतिप्रश्न गरेका छन् ।

बैदेशिक रोजगारीमा नजानुहोस् नेपालमै कुनै व्यवसायको फर्म दर्ता गरेर व्यवसाय संचालन गर्नुहोस अनि सरकारले अनुदान उलपब्ध गराउँ छ भनेर प्रचारबाजी गर्दै हिड्ने सरकार आज हामी कृषि फर्म दर्ता गरेर लाखौं लाखमा लगानी गरेर संचालन गरी हामीले कषि अनुदान माग्दा उल्टै नियम पुगेन भनी वर्षौ दिन झुलाउने यो कस्तो खालका कृषकलाई दिने अनुदान हो ? कस्ता खालका कृषकलाई हेर्न सरकारी निकाय हो ? यसको पनि सम्बन्धीत निकायले यस कदर न्युजबाट सुनोस भनेर सरकारलाई आग्रह गरेका छन् । त्यसैले अघिपछि त हेरेनौ, देखेनौ आज यस्तो बिपत्ती पर्दा त हेर १ के हामी पश्चिमको भनेर हेपेको ? कि नटेरेको भनि प्रतिप्रश्न तेस्राएका छन् ।

त्यस्तै कृषक सन्तोष सुनारका अनुसार हिजो ४ बजे आएर भिषणसहित बाढी सँगै लेदो पसेर हामी करिब १५ जना कृषकले लगाएको तरकारी खेती नष्ट भएको जानकारी बेलुका ५ बजे चन्द्रागिरी नगरपालिका २ नम्बर वडाध्यक्ष गोपी सुर्खेतीलाई जानकारी गराएको र हेर्न आउन अनुरोध गर्यौ तर अहिले सम्म वडा कार्यालयको कुनै प्रतिनिधि र स्वयम वडाध्यक्ष समेत नआएको दुखेको पोखे । तर हामी अहिले सबैको क्षतिको विवरण संकलन गरी वडा कार्यालय नागढुङ्गामा निवेदन गर्न जाने तयारीमा रहेको बताए ।

कृषक जहाँ सुकैको होस् त्यो नेपाली किसान हो त्यसैले हिजो दिउँसो ४ बजेको समयमा बाढीबाट करिब १५ जना कृषकले लगाएको तरकारी खेती नष्ट भएको छ त्यसको सम्बन्धित निकाएले अनुगमन र निरीषण गरी क्षतिको एकिन लिई क्षतिपूर्ति दिन अनुरोध गर्दैछौं ।

 

बढीबाट क्षति भएका तरकारी कषिकको विवरण
सन्तोष सुनार ताजाकोट–३, हुम्ला ५ लाख
–गोरख भण्डारी बुढीनन्दा गाउँपालिका–१ बाजुरा १० लाख
–जुरे सार्की हिमाली गाउँपालिका–६, बाजुरा ५ लाख
–जबर सार्की हिमाली गाउँपालिका–६, बाजुरा ५ लाख
–हिमाल शाही ताजाकोट–३, हुम्ला ५ लाख
–जयराम सुनार हिमाली गाउँपालिका–६, बाजुरा ५ लाख
–रत्नबहादुर बिक ताजाकोट–५, हुम्ला ५ लाख
–दल सार्की हिमाली गाउँपालिका–६, बाजुरा ५ लाख
मानबहादुर सार्की हिमाली गाउँपालिका–६, बाजुरा १० लाख
ध्नकृष्ण सार्की खत्याड गाउँपालिका–४, मुगु ५ लाख
–टिका चधारा हिमाली गाउँपालिका–४, बाजुरा ५ लाख
ऋदानसिंह रोकाया बुढीनन्दा गाउँपालिका–४ बाजुरा ५ लाख
–रणबहादुर शाही खत्याड गाउँपालिका–४, मुगु ५ लाख
–खड्गराज उपाध्याय बुढीनन्दा गाउँपालिका–५ बाजुरा ५ लाख