समयमै अस्पताल पुर्याउन नसक्दा सुत्केरी महिलासहित बालकको मृत्यु

१० भाद्र काठमाण्डौ । लगातार वर्षाका कारण खसेको पहिरोको कारणले सडक बाटो अबरुद्ध भई सवारी साधन गुड्न नसक्दा कालीकोटमा एक सुत्केरी महिला र नाबालकको मृत्यु भएको छ । कालिकोट जिल्ला रास्कोट नगरपालिका–२, सिप्खानाकी २८ वर्षीया सिरा सार्की र उनका नाबालक छोराको मृत्यु भएको बुझिएको छ । सुत्केरी बेथा लागेपछि सवारी साधनको व्यवस्था नहुँदा स्टेचरमार्फत सेरा स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह लिँदै गर्दा बीच बाटो स्टेचरमै सुत्केरी भएकी थिइन् । ति सुत्केरीले बाटोमै बच्चा जन्माए पनि सालनाल भने खसेको थिएन ।

मृत सुत्केरीका जेठाजु हरसिंह सार्कीका अनुसार सालनाल नखसेपछि उनलाई सेरा स्वास्थ्य चौकीको प्रसूति गृह लिएका थियौं । त्यहाँ पनि उपचार हुन सकेन । उनी अगाडी भन्छन् मेरो घरबाट सेरा स्वास्थ्य चौकीमा गाडीबाट पाँच मिनेटजति समय लाग्छ । तर पहिरोले बाटो अबरुद्ध हुँदा हामीले आधा घण्टा बढी लगायौ । तर हामी समयकै अस्पताल पुग्न नसक्दा बुहारी गुमाएको दुखेसो पोखे । यदि बाटो अवरुद्ध नभएको भए सायद बुहारीलाई बचाउन सकिन्थ्यो होला ।

त्यसपछि उनलाई सेरामा समेत सुत्केरीको उपचार नहुँदा करिब एक घण्टाको दुरीमा रहेको सामुदायिक अस्पतालमा पुर्यौं त्यहाँ पनि उपचार सम्भव नहुँदा सुत्केरी सीरलाई जिल्ला अस्पताल मान्म तर्फ लिँदै गर्दा उनकौ बाटोमै मृत्यु भएको छ ।

उपचारकै शिलशिलामा लिने क्रममा बाटोमै सुत्केरी आमाको मृत्यु भएपछि दूध खान नपाएर उनीबाट जन्मेको नाबालक बच्चाको समेत एकदिन पछि मृत्यु भएको उनका जेठाजु हरसिंहले सार्कीले बताएका छन् ।

कर्णालीमा बाटो पुगे पनि बर्षा लागे पछि सूचारु भएका सडक बाटाहरु बार्षाको बाढीसँगै कतै बगाएर लग्छ भने कतै पहिरो जाँदा अबरुद्ध हुन्छ भने कतै बाटोको संरचना नै नराखी पहिरोले पुरिदिन्छ । यसरी कर्णालीमा बर्षेनी यस्ता सुत्केरी व्यथामै कयौंको ज्यान गएको छ । धेरैको बाटोमा बोक्दा बोक्दै ज्यान गएको छ । त्यसैले राज्यको बागडोर सम्हालेका केन्द्रदेखि प्रदेश हुँदै गाउँ सम्म पुगेको सिंहदरबारको सरकार कहाँ बसेको छ, कहाँ विकासको योजना बनाएको छ ।

जनताको दिन दहाडै उपचार नपाएर आफूले जन्माएको बच्चाको समेत मुख हेर्न नपाएर मर्नु परेको छ भने भरखर जन्मेको बच्चाले आफ्नै आमाको दुध समेत खाना नपाएर यो दूनियाँ बाट अन्त्य हुनु परेका कारुणीक घटना देख्ता पनि किन चुप लागेर बसेको छ  सम्बन्धीत निकाय । सडक बाटोको नाममा कयौं बजेट खर्चिएको र विकास भएको सुनाउदै हिड्ने कर्णाली सरकारले आज ति मृतक सुत्केरी ले बाटो अवरुद्धकै कारण देहत्याग गर्नु परेको छ । त्यसैले कर्णालीमा अझै सिंहदरबार नपुगेर सिंहहरु मात्र सिंहासन भएको देखिन्छ ।