गोरु काट्नेलाई नियन्त्रण लिन गोली चल्दा इन्सपेक्टर सहित एकजना जवान घाइते

१० भाद्र काठमाण्डौ । झापाको कत्लामारीमा गोरु काट्नेलाई नियन्त्रणमा लिएर बिर्तामोड ल्याउँदै गर्दा स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपमा नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन् ।

झापा गाउँपालिका–३ कामाटोलीमा सुरक्षाकर्मीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रवक्ता तथा डीआईजी राजु अर्यालले बताए ।

सशस्त्रको गोली लागेर एकजना घाइते भएका छन् । गोरु काट्ने दुई जनालाई प्रहरीले पक्रेर ईलाका प्रहरी कार्यालय बिर्तामोडतर्फ ल्याउँदै गर्दा स्थानीयले घेरा हालेर प्रहरीमाथि आक्रमण गरेका थिए ।