काठमाण्डौं सोल्टीमोडबाट ११२ थान मोवाइलसहित २ जना पक्राउ

१० भाद्र काठमाण्डौ । काठमाडौं महानगरपालिका–१४ सोल्टीमोडबाट प्रहरीले १ सय १२ वटा मोवाइलसहित २ जना भारतीयलाई पक्रेको छ । पक्राउ पर्नेमा भारत राजस्थान घर भई काठमाडौं बस्ने ३६ वर्षीय राकेशकुमार र ५२ वर्षीय वनवारी चौधरी रहेकाछन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले भन्सार छलिका १ सय १२ थान मोवाईल सेट, ३ सय २० थान मोवाईलको डिस्प्ले, ५ सय ९३ थान मोवाईल ब्याट्री र ६ हजार थान क्यालकुलेटर बरामद गरेको छ । राकेश र वनवारी केही समयदेखि मोवाइल तस्करीमा संलग्न रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान विभागमा पठाइएको छ ।