कार्यदलले बनाएको प्रतिवदनेमाथि वरिष्ठ नेता माधव नेपालको असुन्तुष्टि

१० भाद्र काठमाण्डौ । लाामो समयका विवाद र झगडापत्रि सानत हुन खोजेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि पनि विवादमै अल्झिने हो कि भन्ने महशुुस भएको छ । हालै मात्र कार्यदलले नेकपा अध्ययक्षद्धयलाई ६ सदस्यीय कार्यदलले १७ पन्ने प्रतिवेदन तयार पारेर बुझाएपछि सोही पार्टीका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् ।

वरिष्ठन नेता माधवकुमार नेपालले आफू निकटका नेताहरुसँगको कुराकानीमा समस्या ज्युुँकात्युँ रहेको तर प्रतिवेदनले निकास दिनेमा आफू विश्वस्त हुन नसकेको बताएका छन् ।

तर पनि पार्टीले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते पार्टी सचिवालयको बैठक बोलाएको पनि छ । सचिवालयमा हुने छलफलपछि प्रतिवेदन संशोधन गरेर स्वीकार्ने वा मान्ने नमान्ने भन्ने निक्र्योल हुने नेपाल निकट एक नेताले बताएका छन् ।