कोरोना संक्रमण बढ्दो, उपत्यकामा ३०१ जना संक्रमिण पुष्टि

१० भदौ, काठमाडौं । पछिल्लो चरणमा काकाठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढे पछि लगाइएको निषेधाज्ञा पछि पनि कोरोना भाइरसका संक्रमिण बढ्ने क्रम जारी नै छ । निषेधाज्ञा लगाएको आज सात दिन पूरा भएर पनि सरकारले पुन सात दिन थप गरेर भाद्र १७ गतेसम्म पुर्याएको छ । तर पनि संक्रमण घट्नुको सट्टामा बढ्दो क्रममा आज बुधबार उपत्यकामा ३०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ बताएको छ