आज देशभरमा कोरोना भाइरसका संक्रमिण ८८५ जना थपिदा काठमाण्डौमा ३०१ पुष्टि

१० भदौ, काठमाडौं । आज देशभरमा ८८५ जना कोरोना भाइरसका संक्रमिण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएका ब्रिफिङका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

आजै कोरोना भाइरस निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् । त्यस्तै होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।