देशभरमा ८५५ जना संक्रमिण हुँदा काठमाण्डौ उपत्यकामा २३२ जनामा कोरोना पुष्टि

९ भदौ, काठमाडौँ । आज सोमबार देशभरमा कोरोना भाइरसका ८५५ संक्रमिण पुष्टि भएका छन् । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । उनीहरुमध्ये १९ हजार १९९ निको भएका छन् ।

आजै ३१३ जना डिस्चार्ज भएका छन् ।

आज कहाँ कति थपिए संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् ।

यस्तै सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछामका १९, दाङका १८, बारा र महोत्तरीका १७–१७ जना, सुनसरी र कैलालीका १६–१६ जना, बाँकेका १५, कास्कीका १३, कञ्चनपुरका १२ तथा रुकुम पूर्व र बझाङका ९र९ जना संक्रमित भएका छन् ।

धादिङ र नवलपरासीका ८–८ जना, तनहुँ र बार्दियाका ६–६ जना, झापा, काभ्रे, कालीकोट र सुर्खेतका ५–५, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४–४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३–३ जना तथा सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पवर्त, गुल्मी, डडेलधुरा र वैतडीका २–२ जना रहेका छन् । त्यस्तै उदयपुर, ओखलढुंगा, खोटाङ, नुवाकोट, लमजुङ, बाग्लङ, अर्घाखाँची, जुम्ला र मुगुमा १–१ जनामा कोरोना संक्रमित भएको मन्त्रालयले बताएको छ ।