पाँचौं दिनको निषेधाज्ञा र उपत्यकाको जनमानस भिडियो सहित

८ भदौ, काठमाण्डौ । पछिल्लो चरणमा काठमाण्डौ उपत्यकामा कोभिड–१९ को संक्रमण बढेसँगै उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका सिडियो कार्यालयहरुको बैठकले निर्णय गर्दै काठमाण्डौ उपत्यकाकामा एक हप्ते निषेधाज्ञा जारी गरी आज ५ औ दिन पुगेको छ ।

कदर मिडिया प्रा.लि. द्धारा प्रकाशित÷प्रशाणित कदर न्यूज डटकमको समाचार रिपोटिङको क्रममा उपत्यकाको जनजिवनको अवस्था र कोरोनाको जोखिम बारे हामी काठमाण्डौंको प्रमुख नाका कलंकीचोकदेखि सितापाईला, स्वयम्भु, बनस्थली, बालाजु, नयाँबसपार्क, समाखुशीचोक, बसुन्धरा, चक्रपथ चोक, टिचिङ हुँर्दै लैचोर, रत्नपार्क, पुतलीसडक हुँदै सिंहदरबार, माइतिघर, थापाथली, त्रिपुुरेश्र हुँदै पुन कलंकी सम्मको रिपोटिङका क्रममा सडकमा फाट्टफुट्न सवारी साधन र एकाथ मान्छे हिडेको बाहेक अरु देखिएन । तर सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिका साथै सुरक्षा जाँच भने कडा रुपमा भएको पाइयो । सडकमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई भने प्रयाप्त मात्रामा स्वास्थ्य सुरक्षा सामाग्री र कोभिड–१९ को मापदण्ड पालना गरेको भने देखिएन । त्यस कारण सडकमा तैनाथ गरेका सुरक्षाकर्मीलाई सरकाले कोभिड–१९ को स्वास्थ्य सर्तकता पालना गराउँदै प्रयाप्त मात्रामा स्वास्थ्य सामग्रीको बन्दोबस्त गर्न अनुरोध समेत गर्दछौ ।
बाहिरी मेन सडक बाहेक भित्री गग्ली सडकका व्यापारी केन्द्र, पसलहरु समेत पूर्ण रुपमा बन्द छन् । उपत्यकाबासीले निषेधाज्ञालाई पूर्ण पालनागरी घरभित्रै बसिबसाई गरेका छन् ।

अघिपछि अति व्यस्थ र भिडभाड रहने सडक, गल्ली र बजार बन्द छन् भने सडक शान्त र खुलमखुला भए पनि मान्छेहरुमा कोरोनाको त्रास र भए स्पष्ट देखिन्थ्यो । विश्वलाई नै अचेत बनाएको कोरोनाले नेपाललाई पनि छुटाउन सकेन । तर पनि नेपाल एक गरिब मुलुक हो । त्यसमा कोरोनाका कारण अर्थतन्त्र नै धरापमा परेको छ । आज गरिबलाई मात्र नभएर हुनेखाने र मै हुँ भन्नेलाई पनि कोरोनाले थचारेको नभएर गुजरा टार्न पनि धौधौ भएको छ । कोभिडका कारण पसल, बजार, कलकारखाना, व्यवसाय ठप्प नै भए पछि मान्छेलाई बैंक, सहकारी र अन्य व्यक्तिको ऋण तिर्नु भन्दा पनि बिहान र बेलुकाको छाक टार्न नै कठिन भएको छ ।

१२० दिने लामो अत्यारिलो लकडाउनले बिछत्त भएका उपत्यकाबासी लकडाउन खुलेसँगै अलि राहतको अनुभूत सम्हाले पनि पुनः कोरोना संक्रमण फैलिन थालेपछि लगाईएको निषेधाज्ञाले निको हुन थालेको घाउलाई पुन बल्झाएको छ । तर मान्छेलाई आफ्नो आर्थिक पाटो भन्दा पनि आफू घरपरिवार कसरी सुरक्षित राख्ने ध्यानमा रहेको देखिन्छ । व्यापार, व्यवसाय र अन्य कार्यलाई बन्द गरी सुरक्षित स्वास्थ्यका लागि निषेधाज्ञाको पालना गरी घरभित्रै बसेको पाइयो । मान्छेहरु घरहरुको झ्याल, कौसी र बार्दलीबाट रमिते भएर टुलुटुलु शान्त सडकको दृश्यलाई कोरोन त्रासका साथ निहालिरहेका छन् ।

जो सुकै जे पोष्टमा भएपनि आज सबैले स्वास्थ्य सावधानी अपनाएर कोभिड–१९ का विरुद्ध एक जुट भएर लड्नुको विकल्प छैन । कोरोना भाइरसलाई न्यूनीकरण गर्नका लागि सबै तहतप्काका जनताले सरकारले लगाएको निषेधाज्ञालाई पालना गरी आफू सुरक्षित रहौं र राष्ट्रलाई स्वास्थ्य निरोगी बनाउन सबैको साथ र समर्थन आजको टट्कारो आवश्यकता पनि हो ।

 

J0jNHwgEPow