देशभर ७४३ कोरोना संक्रमिण थपिदा काठमाण्डौ उपत्यकामा २२४ पुष्टि

८ भदौ, काठमाण्डौ । आज देशभरमा ७४३ जनामा कोरोना भाइरसका संक्रमिण थपिएका छन् ।

यो सँगै नेपाल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । यहीमध्ये १८ हजार ८०६ जना निको भएका छन् । आजै १७५ जना निको भएर डिस्चार्ज भएका छन् ।

आज कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा १० हजार २३४ नमुना परीक्षण गरिएको थियो ।

त्यसक्रममा काठमाडौं उपत्यकामा मात्र २२४ संक्रमित भेटिएका छन् । काठमाडौमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बाराका ९४ जना, कैलालीका ७९, पर्साका ३४, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, जाजरकोट र कञ्चनपुरका १९–१९ जना, मकवानपुर र रुकुम पश्चिमका १८–१८ जना, सप्तरीका १५, सुर्खेतका ११, सिराहाका १० र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही र बाँकेका ८–८ जना, रुपन्देहीका ६, झापा, धनुषा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नवलपुर र नवलपरासीका ५–५ जना, खोटाङ, गुल्मी र डडेलधुराका ४–४ जना, ओखलढुंगा, तनहुँ, कालीकोट र बैतडीका ३–३ र धनकुटा, संखुवासभा, धादिङ, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा र रोल्पाका २–२ मा संक्रमण देखिएको छ ।

यस्तै इलाम, उदयपुर, दोलखा, गोरखा, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, बर्दिया, दार्चुला र बाजुरामा एकएक संक्रमित थपिएको मन्त्रालयले बताएको छ ।