७ भाद्र, काठमाण्डौ । बिश्वभरी फैलिएको कोरोना कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हिजो शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो ।
यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।
जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ७५ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्यु भएको छ ।