बिरगंजमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

५ भादौ, वीरगञ्ज । पछिल्लो पटक कोरोना संक्रमणबाट मर्नेको संया पनि बढ्दो क्रममा छ । आज पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका–१० रानीघाटका ४८ वर्षीय पुरुषको आज दिउँसो सवा १ बजे मृत्यु भएको उपचारमा संलग्न एक चिकित्सकले जनाएका छन् ।

मुटुसम्बन्धी समस्याबाट ग्रसित उनी हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको अस्पताल स्रोतले जनाएको छ । उनका आफन्तले रेमडेसिभर औषधी ल्याउन खोजेपनि सकिरहेका थिएनन् ।