तरकारी तथा फलफुलजन्य होलसेल बजार बेलुका १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने

५ भादौ, काठमाडौं । कोरोना भाइरसका संक्रमिण बढ्न थालेपछि सरकारले सात दिनका लागि काठमाण्डौं उपत्यकामा निषेधाज्ञ लगाए पनि जनमानसलाई खानासँगै चाहिने तरकारी किनेबेचका लागि कालीमाटी, बल्खु, कुलेश्वरसहितका तरकारी तथा फलफूलको होलसेल बजार राति १२ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राति १२ बजेदेखि बिहान ७ बजसम्म मात्रै सञ्चालनमा आएको थियो ।

किसानले बजारसम्म ल्याएको तरकारी निषेधाज्ञाकै कारण बिक्न छाडेपछि बजार खुल्ने समयावधि बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका थिए ।

सुरुमा प्रमुख जिल्ला अधिकारीले तरकारी, माछा मासु, फलफूल, दुग्ध डेरी र खाद्यान्न पसल दिनभरि सञ्चालन गर्न दिने बताएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाका अध्यक्ष गीता आचार्यले बताए ।

तर चार बजे आएको कोभिड परीक्षण नतिजापछि कालीमाटी लगायतको क्षेत्रमा संक्रमित थपिएको भन्दै दिनभरि बजार खुलाउन नसकिने जानकारी प्रहरीबाट प्राप्त भएको उनले सुनाए ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा बजार बिहान ९ बजेसम्म सञ्चालन हुन दिने सहमति भएको कालीमाटी प्रहरी वृतका प्रमुख डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए ।

तरकारी आयातमा निषेधाज्ञा प्रभाव

तरकारीको ठूलो खपत हुने काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको बजार विकास समितिमा सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

बुधबार बजारमा ५ लाख १६ हजार किलो तरकारी भित्रिएको थियो । बुधबार ५४ हजार किलो फलफूल भित्रिएको बजारमा बिहीबार ११ हजार किलो मात्रै फलफूल भित्रिएको छ । यस्तै बजारमा आज माछा नभित्रिएको बजार विकास समितिले जनाएको छ ।

बजार खुल्ने अनिश्चिततता र निषेधाज्ञाको डरले छिमेकी जिल्लाबाट तरकारी भित्रिन कम भएको बजार विकास समितिले जनाएको छ ।
माडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ । दैनिक ६ लाख किलो हाराहारी तरकारी भित्रिने बजारमा बिहीबार एक लाख ४० हजार किलो मात्रै तरकारी भित्रिएको बजार विकास समितिमा सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

बुधबार बजारमा ५ लाख १६ हजार किलो तरकारी भित्रिएको थियो । बुधबार ५४ हजार किलो फलफूल भित्रिएको बजारमा बिहीबार ११ हजार किलो मात्रै फलफूल भित्रिएको छ । यस्तै बजारमा आज माछा नभित्रिएको बजार विकास समितिले जनाएको छ ।

बजार खुल्ने अनिश्चिततता र निषेधाज्ञाको डरले छिमेकी जिल्लाबाट तरकारी भित्रिन कम भएको बजार विकास समितिले जनाएको छ ।