ताजा खबर

राष्ट्र कवि माधवप्रसाद घिमिरेको आजै राष्ट्रिय सम्मान साथ अन्त्यष्टि गरिदै

३ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हिजो साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । आज बिहान उनको निवासमा गएर पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि मिघिरे निवासमा पुगेका थिए ।

राष्ट्र कवि घिमिरेको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।