Breaking News

म्याग्दी प्रवेशमा रोग सबै नाका सिल

२ भदौ, म्याग्दी । पछिल्लो चरणमा कोरोना भाइरसको संक्रमिण देशैभरीमा बढ्न थाले पछि त्यसको मध्यनजर गर्दै म्याग्दीमा आज साझं ७ बजेखि जिल्ला प्रवेशमा रोक लगाएको छ ।

जिल्ला कोभिडठ–१९ संकट व्यवस्थान केन्द्रका अनुसार म्याग्दी सदुरमुकाम कालीपुल नाका बाहेक अरु सबै जिल्ला प्रवेश गर्ने नाम सिल गरिएको बताएको छ । भोलिबाट जरुरीमा कामका लागि मात्र सवारी साधन र पैदल यात्रीहरुले कालीपुल नाकाबाट अभिलेख गराएर मात्र प्रवेश गर्न पाउने छन् ।

तिज पर्वलाई पनि घरभित्रै सिमित गर्दैै सामाजि दुरी कायम गर्दै मनाउन समेत आग्रह गरेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी उकामान्त अधिकारीले गण्डकी ब्यूरो कृणबहादुर कार्कीलाई बताए अनुसार बिशेष कामले जिल्ला प्रवेश गर्ने व्यक्तिले कालिपुलमा रहेको चेकपोष्टमा ईन्ट्रि गरी कालिपुलस्थित कर्भडहलमा रहेको होल्डिङ सेन्टरमा बसी स्थानीय तहको स्वीकृतिमा होम क्वारेन्टाइनमा रहने गरी तोकिएको गाडीमा जना पाइने व्यवस्था मिलाइएको बताए ।

लेखक : कृणबहादुर कार्की/गण्डकी ब्यूरो