आज सर्बाधिक १०१६ कोरोना भाइरसका संक्रमिण थपिदा ८ को मृत्यु

२ भदौ, काठमाडौं । पछिल्लो चरणमा कोरोना भाइरसको संक्रमणबाट आज एकैदिनमा ८ जनाको मृत्यु भएको छ । मोरङ, काभ्रे, कास्की, तनहुँ, चितवन, नवलपरासी बाँके, बर्दिया गरी ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको बुढीगंगा गाउँपालिका– २ की ६५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाा मृत्यु भएको छ ।

यस्तै काभ्रेको धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । साउन २७ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २८ गते पुष्टि भएको थियो ।

यसैगरी तनहुँको ब्यास नगरपालिका–१ अम्रेनिकी ५० वर्षकी महिलाको मृत्युपछि संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको थियो । मंगलबार विहानमात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
आजै पोखरा महानगरपालिका– १६ का ८७ वर्षीय वृद्धको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको
छ । मधुमेह र मिर्गौलाको समस्या देखिएका वृद्धको स्वाब परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ।

यस्तै नवलपरासी पश्चिमका ३८ वर्षीय पुरुषको उपचारका क्रममा आजै विहान पाटन अस्पतालमा मृत्यु भएको छ ।उनी नवलपरासी कांग्रेस उपसभापति सुवासचन्द्र गिरी हुन् । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा रेफर गरिएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको हो ।

यसैगरी चितवनको खैरहनी नगरपालिका–३ कि १०९ वर्षकी वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । वृद्धाको गएराति पौने एक बजे नै मृत्यु भएको र मंगलबार दिउँसो रिपोर्ट पोजेटिभ आएको थियो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ५ का ६२ वर्षका पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार मृत्यु भएको
छ । साउन ३२ गते अस्पताल भर्ना भएका उनको सोमबार पीसीआर परीक्षणको रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको
थियो ।

यस्तै बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलबार विहान साढे १ बजे मृत्यु भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि मंगलबार दिउँसो कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

यो सँगै नेपालमा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७ पुगेको छ ।

तर आज मंगलबार मृत्यु भएको चितवनकी वृद्धा, बर्दियाका वृद्ध र मोरङकी ६५ वर्षीया महिलाको तथ्यांक भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा अपडेट गर्न बाँकी छ ।

आज मुलुकभर १०१६ जना कोरोन भाइरस संक्रमिण थपिए

आल देशभर १०१६ जना कोरोना भाइरसका संक्रमिण थपिएका छन् । यो आजसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यो् सँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

यही संख्याभित्रमा १७ हजार ५८० जना निको भएका छन् । १० हजार ५६३ जना सक्रिय संकमित आइसोलेसनमा छन् । उनीहरुमध्ये ११८ जना आईसीयूमा छन् भने ६ जना भेल्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कहाँ कति थपिए संक्रमित थपिए ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २०५ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन् ।

यस्तै पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१–२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६–१६ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३–३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २–२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १–१ जनामा संक्रमिण थपिएको मन्त्रालयले जनाएको छ ।