कास्की जिल्लामा आज राति १२ बजेदेखि ५ दिनका लागि निषेधाज्ञा जारी

२ भाद्र, पोखरा । पछिल्लो चरणमा कोरोना भाइरसका संक्रमिण बढ्ने क्रमसँगै स्वास्थ्य क्षेत्रको मध्यनजर गर्दै पोखरा महानगरपालिकासहित कास्की जिल्लाभरि मंगलबार रातिदेखि लागु हुने गरी निषेधाज्ञा जारी भएको छ ।

प्रशासनले जारी गरेको निषेधाज्ञा मंगलबार राति १२ बजेदेखि सुरू भएर ७ गते राति १२ बजेसम्म रहने जनाएको छ ।

महानगरमा रहेका राजनीतिक दलका नेतादेखि विज्ञले कोरोना नियन्त्रण गर्न ‘कर्फ्यु’ सम्म लगाउनु पर्ने धारणा राखेका थिए ।

बैठकमा पाएको सुझाव अनुसार नै महानगरका उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा रहेको कोरोना रोकथाम समितिले आज सोमबार महानगरमा निषेधाज्ञा जारी गर्न प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सिफारिस ग¥यो । सिफारिसमा कोरोना रोकथाम गर्न सोमबार रातिदेखि नै निषेधाज्ञा जारी गर्न आग्रह गरिएको थियो ।

सोमरबार साँझ गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा रहेको प्रदेश स्तरीय कोरोना रोकथाम केन्द्रको बैठकले लकडाउन गर्ने जिम्मा अवस्था हेरेर जिल्ला प्रशासनले गर्ने निर्णय ग¥यो । महानगरको सिफारिस अनुसार मंगलबार बिहान बसेको बैठकले पोखरासहित कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

‘महानगरको सिफारिस अनुसार नै पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘यस अवधिमा अत्यावश्यक बाहेक अरू गतिविधि नगर्न आग्रह गरिएको छ ।