१४औ महाधिवेशनमा सभापतिमा आफूलाई समर्थन गर्न निधिद्धारा सभापति देउवासँग अनुरोध

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको १४मौं महाधिवेशन फागुनमा तोकिए पछि काँग्रेसमा महाधिवेशनको चटारो चलिरहेको बेला आज पार्टीका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई भेटेर १४ औं महाधिवेशनमा आफू सभापति उठ्ने जानकारी गराएका छन् ।

देउवालाई सो कुरोको जानकारी दिन निधि आज देउवा निवास बुढानिलकण्ठ पुगेर अवगत गराएका छन् ।,

फागुन ७ गतेदेखि हुने यहि महाधिवेशनमा आफू सभापति उठ्ने तयारी गरेकोले अहिलेदेखि समर्थन गरी सघाउन निधिले सभापति देउवालाई भेटेरै जानकारी गराएको स्रोतको दाबी छ ।

भेटमा सभापति देउवाले यो महाधिवेशनमा सभापतिमा आफूलाई नै सघाउन निधिलाई आग्रह गरेका थिए ।