कर्णाली प्रदेश छिर्न अनिवार्य पिसीआर रिर्पोट चाहिने

३० साउन सुर्खेत । पछिल्लो समयमा देशभरमा कोरोना भाइरस का संक्रमिण बढ्नेसँगै कर्णाली प्रदेशले नाकामा कडाई गरेको छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) ले भदौ १ गतेदेखि कर्णाली प्रवेश र्छिन पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ ।

प्रदेशमा प्रवेशका लागि कम्तीमा तीन दिन अगाडि पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने व्यवस्था गरिएको निमित्त प्रदेश प्रमुख सचिव आनन्द सारुले बताए । उनले अघि भने,‘अब रातको समयमा प्रदेशमा पूर्णरुपमा प्रवेश वन्द गरिने छ ।

प्रदेश भित्रिने मुुख्य नाका सल्यानको कालिमाटी, काल्चे, कपूरकोट, सुर्खेतको बबई र कुइनेमा पीसीआर रिपोर्ट हेरिनेछ । बाहिरबाट आउनेहरूमार्फत संक्रमणको जोखिम भएकाले यस्तो व्यवस्था गरिएको निमित्त प्रमुख सचिव सारुले बताए ।

पास बनाएर आएका व्यक्तिहरूले पनि पछिल्लो तीन दिनयताको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ । देश भित्रबाट आएका र भारतबाट आएका नेपाली नागरिकहरुलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिने बैठकले निर्णय गरेको छ ।