कलंकी क्षेत्रका अत्याआवश्यक बाहेक अरु सबै होटल, पसल, रेष्टुरेन्ट, खाजा घर लगायतका सबै बन्द

२९ साउन, कैलाली । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्न थालेपछि काठमाडौं महानगरपालिका वडा नम्बर १४ कार्यालय क्षेत्र कलंकीमा पसलहरू बन्द गरिएका छन् ।

आज बिहीबार बिहानैदेखि स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा अत्यावश्यक बाहेक अरु सबै पसल, होटल, रेस्टुरेन्ट लगायतलाई बन्द गरिएको छ ।

महानगरी प्रहरी वृत्त , कालिमाटीका डिएसपी रूगम कुँवरका अनुसार विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको बताएका छन् ।

’कोरोना संक्रमितहरू धेरै बढ्न थालेपछि स्थानीय क्लब, स्थानियवासी, वडा कार्यालय र प्रहरीको समन्वयमा पसलहरू बन्द गरिएको हो,’उनले भने,’जोखिम झन् बढ्ने भएकाले बाध्य भएर पसलहरु बन्द गरिएको बताए । डिएसपी कुँवरका अनुसार वडा नम्बर १४ मा २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएका छन् ।

प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिएको छ ।

त्यस्तै, प्रहरीले अनावश्यक रूपमा हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ ।

’संक्रमितहरू धेरै बढेकोले हामीले अनावश्यकरूपमा हिँडडुल पनि नगर्न अनुरोध गरेका छौं तर काम परेर हिँडेकाहरूलाई अवरोध गरेका छैनौं ।