तिब्र गतिमा गुडिरहेको मोटरसाईकल अनियन्त्रण हुँदा मोटरसाईकल यात्रीको मृत्यु

२९ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिमा मोटरसाईकल दुर्घटनाबाट एक जना युवकको मृत्यु भएको छ । तिब्र गतिमा रहेको मोटरसाईकलले नियन्त्रण गुमाएपछि त्यस्तो दुर्घटना भएको हो ।

दुर्घटना गोदावरी नगरपालिका ५ मनहरा पुलनजिक भएको थियो । से. ६ प ३३८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खसेको थियो ।

दुर्घटनाबाट मोटरसाइकल चालक २० वर्षीय खेम सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरी श्रोतबाट जानकारी प्राप्त भएको छ । डडेल्धुरा अमगरगढी नगरपालिका ८ स्थायी घर भएका उनी गोदावरीमा बस्दै आएका थिए ।