मकवानपुरका सडक दुर्घटना हुँदा ३ जनाको मृत्यु

२९ साउन, मकवानपुर । बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडा उपमहानगरपालिका ३ तीनताप्केस्थित सडकमा बिहान भएको दुर्घटनाबाट तीन जनाको मृत्यु भएको छ ।

ना. ६ ख १६११ नम्बरको ट्रकमा ना. २ ह ३४६५ नम्बरको अटो ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा नाम, थर, वतन नखुलेका २ जना पुरुषको मृत्यु भएको छ । दुर्घटना हुँदा घाइते भएका उनीहरुलाई हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अटो चालकको उपचार भइरहेका छ भने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।