नेकपा अध्यक्षद्धयको चार घन्टा वार्ता

२९ साउन, काठमाडौं । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा चार घण्टा बर्ता भएको छ ।

सवा ११ बजेबाट सुरु भएको छलफल सवा ३ बजेसम्म चलेको थियो । सो अवसरमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा कुराकानी भएको छ ।
‘पार्टीभित्र देखिएका समस्याहरुको समाधानउन्मुख कोणबाट छलफलको सुरुवात भएको छ भन्ने कुरा आएको छ । यसअघि निकास नआउने भेटवार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रचण्डले निकास आउनेगरी मात्रै वार्तामा बस्ने ओलीलाई सन्देश पठाएका थिए ।

बिहीबार ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता भइरहँदा महासचिव विष्णु पौडेल र नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा पनि बालुवाटारमै रहेका थिए । उनीहरु कहिले छुट्टै त कहिले दुई नेताबीचको कुराकानीमा पनि सहभागी भएको प्रधानमन्त्री ओलीका संचारविज्ञ रामशरण बजगाईले जानकारी दिए । यसअघि बुधबार प्रधानमन्त्री केपी ओलीले ५ दिनभित्र नेकपामा नयाँ सिनारियो देखिने बताएका थिए ।