अध्यक्ष प्रचण्ड का सुरक्षार्थ एकजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण अध्यक्ष प्रचण्डद्धारा भेटघाट बन्द

२८ साउन, काठमाडौं । पछिल्लो समयमा कोरोना भाइरले संक्रमण लिन थालेपछि सुरक्षा निकायमा बढ्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको
छ ।

कोरोना पुष्टि भएका सशस्त्र प्रहरी हुन् । उनी चालकको रूपमा कार्यरत छन् । उनलाई सशस्त्र प्रहरीकै आइसोलेसनमा राखिएको स्रोतले बतायो ।

ती चालक प्रचण्डका सवारी चालकसँगै हिँड्ने र बस्ने गर्थे । अहिले प्रचण्डका चालक पनि आइसोलेसनमा छन् ।

यसअघि प्रचण्डको सुरक्षामा खटिएका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रचण्डसहित उनका सचिवालयको टिमको भने कोरोना भाइरसको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

स्रोतका अनुसार प्रचण्डले भेटघाटका सबै कार्यक्रम स्थगित गरेका छन् । उनको निवासमा आउन जान समेत बन्द गरिएको छ ।