मैले जति विधान मिच्न सकेँ, त्यति नै बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो छ

वरिष्ठ नेता, रामचन्द्र पौडेल

२८ साउन, काठमाडौं । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मिच्दा पार्टी सभापति शेरबहादुर देउवाले बहादुरी ठान्ने गरेको टिप्पणी गरेका
छन् ।

पछिल्लो समय देउवाले विभाग गठन तीव्र बनाएका छन् । पार्टीको विधानअनुसार महाधिवेशन भएको महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मिति तय भइसकेको अवस्थामा बनाउनु गलत भएको पौडेल समूहले बताउदै आएको छ ।

नेता पौडेलले भने, ‘मैले जति विधान मिच्न सकेँ, त्यति नै बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छ जस्तो लाग्छ । यसले कांग्रेस डेमोक्रयाटिक पार्टी हो की होइन भन्ने प्रश्न उठ्ने खतरा
छ ।’

एक समय देउवाले ‘देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोड्छ । म गृहमन्त्री भएकाले कानून तोड्ने मैले नै हो’ भनेर धाक लगाएको उनले स्मरण गरे । ‘अहिले पनि उहाँ मैले हो विधान तोड्ने, म त बहादुर भने जस्तो गर्नु भएको छ’ ‘उहाँको बहादुरीले कांग्रेसलाई क्षति पु¥यायो । लोकतन्त्रलाई ठूलो घात ग¥यो ।’

चार वर्षे कार्यकाल रहँदासम्म केही नगरेका सभापति देउवाले काम चलाउ भएपछि विभागहरुमा मान्छे भर्ना गरेर विधानको धज्जी उडाएको उनको आरोप छ ।

विशेष अधिवेशन बोलाउने अवस्था नरहेको भन्दै उनले यो मुद्दालाई महाधिवेशनमै उठाउने बताए । ‘यो विषयलाई उहाँको मनपरीतन्त्र, स्वेच्छाचारीतन्त्रको प्रमाण यही हो भनेर महाधिवेशनसम्म लैजान्छौं’ नेता पौडेलले भने ।

आगामी महाधिवेशनबाट देउवाको विकल्प खोज्नुपर्ने उनले बताए । आफूले म नै सभापति हुनुपर्छ भनेर दाबी नगरेको तर सबैलाई न्याय पनि गर्नुपर्ने पौडेलले बताए । ‘पार्टीमा सबैलाई उमेरका आधारमा एउटै क्याटागोरीमा राख्न पाइँदैन । कसैले पार्टीको हितान जीवन दिएका छन होला । कसैले पटक पटक मौका पाउँदा दुरुपयोग गरेका होलान् ।