दहीमा ५ वटा स्लिपिङ ट्याबलेट खुवाएर मारेकी हुँ, अभियुक्त

२७ साउन, काठमाण्डौ । काठमाण्डौंको टोखामा दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई दुई दिन अद्धि कल्पना मुडभरी (पौडेल) ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको तथ्य बाहिर आएको छ ।

हत्याका अभियुक्त पक्राउ परेपछि उनले आफै हत्या गरेको स्वीकारेकी छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले आज आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार मृत बोहोरा लठ्ठिएपछि कल्पनाले सुरुमा बोहोराको अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् ।

त्यसपछि बोहोरोका घाँटी सलले कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।

अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । प्रहरीका अनुसार बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।