अन्नतः बोहोराको हत्या अभियुक्त पक्राउ

२७ साउन, काठमाण्डौ । केही दिन अघि एक ४०–४५ वर्षे मान्छेलाई हत्यागरी काठमाण्डौको टोखा सडक साइडमा सुटकेसको भित्र टाउको र खुट्टा नभएको लास भेटिए पछि त्यसको हत्या कसरी भयो र कसले गर्यो भन्ने अनुसन्धानमा प्रहरीले अभियुक्त एक महिलालाई चितवनको टाँडीबाट पक्राउ गरी आजै सार्वजनिक गरिएको छ । मृतक दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न ति महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् ।

अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा ति महिलाले हत्या गरेको स्वीकारी वयान दिएको प्रहरीले जनाएको छ ।

हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् । यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र ५० मिटर पर प्रहरीको कुकुरले पत्ता लगाएको
थियो ।