आज भगवान कृष्ण जन्माष्टी कृष्ण मन्दीर सुनसान दर्शनालुबाट बाहिरबाटै पुजाआराधाना

२७ साउन, काठमाण्डौ । आज भवगान कृष्णको जन्मदिन तथा श्रीकृष्ण जन्माष्टमी हो । पूरापूर्व कालको किम्बदन्ती अनुसार द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिएका श्रीकृष्णको जन्म दिनको सम्झनामा आज उनको पूजाआराधना गरी जन्माष्टमी पर्व मा नेपालीहरुले मनाउने गर्दछन् ।

ललितपुर जिल्लाको पाटनदरबारस्थित कृष्ण मन्दिरमा भक्तहरुले पूजाआराधाना गर्दै भगवानको दर्शनका साथै जन्मउत्सव मनाइरहेका छन् । तर अघिल्ला वर्ष भन्दा यस वर्ष प्रभावकारी र जमघट भने भएन विश्वभरी फैलिएको कोरोना भाइरसका कारण बन्द गरिएपछि भक्तहरुको मन्दिर बाहिरैबाट श्रीकृष्णको पुजाआराधाना गरेरका छन् ।

मन्दिरको भित्रको क्षेत्र सुनसान नै किन की भित्र कसैलाई पस्न दिएको छ भने कोरोनाको डरले मान्छेहरु घर बाहिर आउन समेत सकेका छैनन् । कोरोना कहरका कारण मन्दिर बन्द भए पनि पूजाआरधाना गर्न आउनेहरुका लागि बाहिरै प्रसाद वितरण गर्ने र दर्शन गर्ने व्यवस्था मिलाइएको भएपछि दर्शनालाभीहरु बाहिरबाटै पुजाआजराधाना र भगवान कृष्णको दर्शन गरी फर्केका गरेका छन् ।