धनगढी डुबानमा १ जना बेपत्ता

२६ साउन, कैलाली । लगातार वर्षासँगै आएको बाढीका कारण कैलालीमा एक जना पुरुष बेपत्ता भएका छन् । महोन्याल गाउँपालिका–३ पिपल खेतका ५४ वर्षीया दानबहादुर विष्ट बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

हिजो आइतबार गाउँपालिकामा रहेको गेदान खोला तर्ने बेला विष्टलाई बगाएर लगेको जिल्ला प्रहरी कार्यालय कैलालीकाले बताएको छ ।

बर्षाले धनगढी उपमहानगर क्षेत्रमा रहेका २५ वटा कच्ची घरमा क्षति पुगेको छ भने २५० घर डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिका २, ३, ४, ८, र ५ मा रहेका घरमा बढी क्षति पुगेको छ ।