२६ साउन, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० वटा विभागहरुमा प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम मनोनित गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
कांग्रेसले विधान संशोधन गरेर विभागहरुको संख्या ४७ पुर्याएको छ । कतिपय विभागहरुको प्रमुखमा पुरानै अनुहार दोहोरिएका छन् ।
संगठन विभाग : प्रमुखको जिम्मा गोपालमान श्रेष्ठलाई दिइएको छ । सचिवमा विनकुमार विश्वकर्मा तोकिएका छन् । संगठन विभाग ४१ सदस्यीय छ ।
शिक्षा विभाग : को प्रमुखमा हरिप्रसाद नेपाल, उपप्रमुखमा चितवनका शेषनाथ अधिकारी र सचिवमा डा. कृष्णप्रसाद पौडेल तोकिएका छन् । शिक्षा विभाग ४० सदस्यीय छ ।
त्यस्तै यातायात व्यवसायी समन्वय विभाग : को जिम्मा महेन्द्र यादवलाई दिएका छन् । ४१ सदस्यीय यो विभागको उपप्रमुख वा सचिव भने तोकिएको छैन ।
यसैगरी मुस्लिम विभाग : को प्रमुखमा फरमुल्लाह मन्सुर छन् । सचिव परवेज अन्सारी तोकिएका छन् । मुस्लिम विभाग ३८ सदस्यीय छ ।
तराई–मधेश समन्वय विभाग : प्रमुखको जिम्मेवारी अजयकुमार चौरसियाले पाएका छन् । यसको उपप्रमुखमा श्रीपत राउत र सचिवमा रामनारायण प्रसाद कुर्मी छन् । तराई–मधेश समन्वय विभाग ३९ सदस्यीय बनाएका छन् ।
संघीय मामिला तथा प्रदेश समन्वय विभाग : को प्रमुखको जिम्मेवारी रमेश रिजालले पाएका छन् । यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन । यो विभागमा ४० सदस्य छन् ।
वन, वातावरण तथा विपत व्यवस्थापन विभाग : को प्रमुख अम्बिका बस्नेत बनेकी छन् । ३९ सदस्य रहेको यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन ।
त्यस्तै आनन्दप्रसाद ढुंगानाले वित्तीय तथा सहकारी संस्था समन्वय विभाग : प्रमुखको जिम्मेवारी पाएका छन् । यो विभागको उपप्रमुखमा सुर्खेतका गोविन्दबहादुर मल्ल तोकिएका छन् । यो विभाग पनि ३९ सदस्यीय छ ।
स्थानीय तह समन्वय विभाग प्रमुख : को जिम्मा अर्जुनप्रसाद जोशीलाई दिएका छन् । उपप्रमुख र सचिव नतोकिएको यो विभागमा ३८ सदस्य छन् ।
निर्माण व्यवसायी समन्वय विभाग : को प्रमुख बीरबहादुर बलायर बनेका छन् । यो विभागमा पनि उपप्रमुख र सचिव तोकिएको छैन । यो विभागमा ३९ सदस्य छन् ।
तरुण विभाग : प्रमुखको जिम्मा शंकर भण्डारीले पाएका छन् भने सचिव नवलपुरका श्यामप्रसाद श्रेष्ठ छन् ।
खेलकुद विभाग : प्रमुख मोहनबहादुर बस्नेत छन् । उपप्रमुखमा मोहन कुमार राई र सचिवमा मीनकृष्ण महर्जन मनोनित भएका छन् ।
काँग्रेस सभापति देउवाद्धारा मनोनित गरिएका पदाधिकारीहरुको विवरण यसप्रकार छ :