बिद्यार्थी भर्ना र परीक्षा संचालन असोज १ बाट गर्न सिसिएमसी को प्रस्ताव

२६ साउन, काठमाण्डौ । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमिण बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र  (सिसिएमसी) ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौभरी गर्न नमिल्ने र आगामी असोज १ बाट गर्ने प्रस्ताव गरेको छ ।

यस बारेमा निर्णय गर्न सिसिएमसीको हिजो आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो ।

यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।