केरलको कोजिकोडमा १९१ जना यात्रु बोकेको बिमान दुर्घटना

एजेन्सी

२३ साउन, काठमाण्डौ । एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ आज शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ । विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसीले जनाएको छ ।

विमान दुबईबाट आइरहेको थियो । नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो । विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो ।

विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन् । सबै यात्रुको उद्धार कार्य जारी
छ ।

हिन्दुस्तान टाइम्सले प्रारम्भिक जानकारी अनुसार ४० हाराहारी यात्रु घाइते भएको उल्लेख गरेको छ ।

भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको बताइएको छ ।