बेनीमा गाई काटेर भाग लगाउँदै गरेका चार जना पक्राउ

२१ साउन, बेनी, म्याग्दी । नेपालको राष्ट्रिय जनावरको रुपमा मानिएको गाईलाई लक्ष्मीमाताको रुपमा पुजा गरेर मान्ने नेपाली प्रचलनमा सोही गाईलाई काटेर खाएको घटना कहिले काही आउने गरेका छन् । यस्तै घटना गण्डकी प्रदेशको म्याग्दी जिल्लाको बेनीमा नेपाली राष्ट्रिय जनावर गाई कोटर खाएको पाइएको छ । प्रहरीले यही घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

बनी नगरपालिकाको अर्थुङ्गे–६ का बिरबहादुर किसान वर्ष ४८, बनेपा–८, खैरेनीका ४३ बर्षे चन्द्रे दर्जी, मालिका गाउँपालिका – ५का ३५ वर्षे हिरा रसाईली र बाग्लुङ बढीगाढ गाउँपालिका–२ का राजु बिकलाई नियन्त्रण लिइएको जानकारी प्रहरी निरीक्षक धुब्रप्रसाद शर्माले कदर न्यूज गण्डकी ब्यूरो कृष्णबहादुर कार्कीसँग बताएका छन् ।

बनीमा अभियुक्त हिरा रसाईलीको कोठमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा सुराकीको आधारमा प्रहरी ले नियन्त्रणमा लिएको थियो । उनीहरुले सो गाईदलाई मंगला गाउँपालिकाबाट खरिद गरेर ल्याइए खैरेनीका काटेर कोठमा ल्याई भागबण्डा गरिन थालिएको थियो ।

प्रहरीले राष्ट्रिय जनावर गाई कोट्ने चारै जनालाई पशुपन्छी सम्बन्धी कसुर (गौवध हत्या) मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ ।