बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट नियुक्त

१९ साउन, काठमाण्डौ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको सदस्य रहेका सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरिएको छ ।

भट्टलाई लगानी बोर्डको सिइयोमा ४ वर्षे कार्यकालका लगानी े प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । बोर्डमा यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सीईओ थिए । अधिकारीको कार्यकाल सकिनुअघि नै गत चैतमा गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो ।

लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा.युवराज खतिवडा संयोजकत्वको समितिले सुशील भट्ट, डा.सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।

यस्तै आजैको मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव वीर बहादुर राईलाई सचिवमा बढुवा गरेको छ ।