लकडाउनको बारे निर्णय लिन प्रधानमन्त्रीले बिज्ञसँग परामर्श लिने

१९ साउन, काठमाण्डौ । पछिल्लो चरणमा लकडाउन खुलेसँगै कोरोना भाइरसका संक्रमित थपिने क्रम बढ्दो अवस्थामा गएपछि प्रधानमन्त्री केपीशर्मा ओलीले पुनः लकडाउन गर्ने नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरूसँग छलफल गर्न लागेका छन् ।

छलफलका लागि ओलीले कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरु तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुलाई बोलाएका छन् ।

प्रधानमन्त्रीले भोलि मंगलबार विज्ञहरूसँगको बैठक आयोजना गर्दै हुनुहुन्छ । समय अहिले तय भइसकेको छैन’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘वीरगञ्ज,काठमाडौं लगायतका ठाउँहरुमा संक्रमण बढिहरेको छ । यसैका बारेमा लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा रायसुझाव र सल्लाह लिन खोजिने छ ।