बिराटनगरका ७७ बर्षे वृद्धको कोरोना संक्रमणबाट मृत्यु

१९ साउन, विराटनगर । कोरोना भाइरस संक्रमणबाट प्रदेश एक को विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका – ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो ।

उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको स्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

वृद्धलाई आइसोलेसनमा राखेर १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । तर रिपोर्ट नआउँदै उनको मृत्यु भएको छ ।

मधुमेहको समस्या भएका उनलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर उनको ट्राभल हिस्ट्री नदेखिएको मेडिकल सुपरीटेण्डेन्ट डाक्टर दासले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।