आज सोमबार ४१८ जनामा कोरोना भाइरस संक्रमण

१९ साउन, काठमाडौं । आज देशभर कोरोना भाइरसका ४ सय १८ जनामा संक्रमिण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेका छन् ।

आजै विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भइ घर फर्केका पनि छन् । आजसम्म डिस्चार्ज संख्या १४ हजार ९ सय ६१ जना भएका छन् ।

त्यस्तै देशभर ५ हजार ७ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म ३ लाख ९८ हजारको पिसिआर परीक्षणा भएको छ ।

हालसम्म ५७ जना कोरोना भाइरसबाट मृत्यु भइसकेका छन् ।